default_image

1 year ago

November 14, 2024

तिलकको शतकमा भारतको जित

675 views

0 Bookmark

एजेन्सी – तिलक बर्माको शतकको सहयोगमा पाहुना टोली भारतले बुधवार दक्षिण अफ्रिकालाई तेस्रो टि ट्वान्टी आईमा पराजित गरेको छ ।

भारतले ११ रनको जित हात पारेको हो । जितसँगै भारतले ४ खेलको टि ट्वान्टी आई सिरिजमा २-१ को अग्रता बनाएको छ ।

२ सय २० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन मात्र जोड्न सक्यो ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले १७ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५४ तथा हेनरिक क्लेसनले २२ बलमा १ चौका र ४ छक्काको सहयाेगमा ४१ रन जोडे ।

कप्तान एडेन मारक्रमले १८ बलमा २९, रिजा हेन्ड्रिक्सले १३ बलमा २१ तथा रायन रिकल्टनले १५ बलमा २० रन बनाय ।

भारतका लागि अर्शदिप सिंहले ३, वरुण चक्रवर्तीले २ तथा हार्दिक पाण्ड्या र अक्षर पटेलले समान १ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको सेन्चुरियनमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुनाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

तिलकले ५६ बलमा ८ चौका र ७ छक्काको सहयोगमा नट आउट १ सय ७ रन जोडे । टि ट्वान्टी करियरको पहिलो शतक तिलकले ५१ बलमा पूरा गरेका थिए ।

ओपनर अभिषेक शर्माले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५०, हार्दिक पाण्ड्याले १६ बलमा १८ तथा रमनदिप सिंहले ७ बलमा १५ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि एडिन सिम्लाने र केशव महाराजले समान २ तथा मार्को यानसनले १ विकेट लिए । दुई टोलीबीचको चौथो टि ट्वान्टी आई शुक्रवार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.