default_image

1 year ago

November 15, 2024

वेस्ट इण्डिजका बलर रामोन लुम्बिनीमा अनुबन्ध

1011 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इण्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गराएको शुक्रवार विज्ञप्ती मार्फत जनाएको छ ।

२० वर्षिया बायाँ हाते तीव्र गतिका बलर रामोनले आइसिसी यु १९ क्रिकेट विश्व कप २०२२ मा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लुम्बिनीमा सामेल हुन पाउँदा रामोनले आफु उत्साहित रहेको बताए । ‘नेपाल प्रिमियर लिगको यो पहिलो सिजनमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करियरको एक रोमाञ्चक अध्याय हो । नेपालीहरुको क्रिकेटप्रतिको उत्साहको बारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो उर्जा हेर्न आतुर छु , रामोनले भनेका छन् ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले रामोनको आगमनप्रति उत्साह व्यक्त गरे । एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म चल्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.