default_image

1 year ago

November 16, 2024

सन्जु र तिलकको शतकमा भारतको फराकिलो जित

575 views

0 Bookmark

एजेन्सी – सन्जु स्यामसन र तिलक बर्माको शतक सहयोगमा पाहुना टोली भारतले चौथो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकाममाथि फराकिलो जित हात पारेको छ ।

शुक्रवार भएको चौथो टि ट्वान्टी आई भारतले १ सय ३५ रनको फराकिलो अन्तरले पराजित गर्यो । चौथो खेलमा जितसँगै भारतले चार खेलको टि ट्वान्टी आई सिरिज ३-१ ले जितेको छ ।

भारतले दिएको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोडे । डेविड मिलरले २७ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६, मार्को यानसनले १२ बलमा नट आउट २९ तथा जेहार्ड कोट्जेले ८ बलमा १२ रन बनाए ।

भारतका लागि अर्शदिप सिंहले ३, वरुण चक्रवर्ती र अक्षर पटेलले समान २ तथा रवि बिश्नोइ, हार्दिक पाण्ड्या र रमनदिप सिंहले समान १ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको जोहनेसवर्गमा टस जितेर ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा १ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार गरेको थियो । भारतका लागि ओपनर सन्जु स्यामसन तथा तिलक बर्माले नट आउट रहदै शतक पूरा गरे । तिलकले ४७ बलमा ९ चौका र १० छक्काको सहयोगमा नट आउट १ सय २० रन जोडेका थिए ।

ओपनर सन्जुले ५६ बलमा ६ चौका र ९ छक्काको सहयोगमा १ सय ९ रन जोडेका थिए । दोस्रो विकेटका लागि सन्जु र तिलकले २ सय १० रनको नट आउट साझेदारी गरे । यो भारतको टि ट्वान्टी इतिहासमा कुनै पनि विकेटका लागि भएको सर्वाधिक साझेदारी हो ।

टोलीका अर्का ओपनर अभिषेक शर्माले १८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३६ रन जोडेका थिए । घरेलु टोलीका लागि लुथो सिपाम्लाले १ विकेट लिए । सिरिजको पहिलो, तेस्रो र चौथो खेल भारतले जितेको थियो । दोस्रो खेलमा भने दक्षिण अफ्रिका विजयी भएको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.