default_image

1 year ago

November 19, 2024

इंग्लिस बलर नाथन काठमाडौं गुर्खाजमा अनुबन्धित

1101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले इंग्लिस बलर नाथन सावटरलाई अनुबन्ध गरेको छ ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले पाँचौ विदेशी खेलाडीको रुपमा नाथनलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षिय लेग स्पिनर नाथनले १ सय ४३ टि ट्वान्टी मा १ सय ५४ विकेट लिएका छन् ।

काठमाडौंले यसअघि नै डच ओपनर माइकल लेविट, नामिबियन कप्तान गेर्हार्ड इरास्मस, इंग्ल्यान्डका स्टीभ एस्किनाजी र इंग्ल्यान्डका ड्यान डौथवेटलाई अनुबन्ध गरिसकेको छ । टोलीको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन्। ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुदैछ । मंसिर १७ गते चितवन राइनोजविरुद्ध खेल्दै काठमाडौंले लिग सुरुवात गर्नेछ ।

काठमाडौं गुखार्जको टिम – करण केसी, दिपेश कडेल, सुमित महर्जन, साहव आलम, शंकर राना, भीम सार्की, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, राशिद खान, कृष्ण कार्की, माईकल लेभिट, जेरार्ड एरास्मस, सन एस्किनाजी र ड्यान डौथवेट

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.