1 year ago
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले इंग्लिस बलर नाथन सावटरलाई अनुबन्ध गरेको छ ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले पाँचौ विदेशी खेलाडीको रुपमा नाथनलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षिय लेग स्पिनर नाथनले १ सय ४३ टि ट्वान्टी मा १ सय ५४ विकेट लिएका छन् ।
काठमाडौंले यसअघि नै डच ओपनर माइकल लेविट, नामिबियन कप्तान गेर्हार्ड इरास्मस, इंग्ल्यान्डका स्टीभ एस्किनाजी र इंग्ल्यान्डका ड्यान डौथवेटलाई अनुबन्ध गरिसकेको छ । टोलीको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन्। ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुदैछ । मंसिर १७ गते चितवन राइनोजविरुद्ध खेल्दै काठमाडौंले लिग सुरुवात गर्नेछ ।
काठमाडौं गुखार्जको टिम – करण केसी, दिपेश कडेल, सुमित महर्जन, साहव आलम, शंकर राना, भीम सार्की, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, राशिद खान, कृष्ण कार्की, माईकल लेभिट, जेरार्ड एरास्मस, सन एस्किनाजी र ड्यान डौथवेट
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]