1 year ago
November 24, 2024
एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पाकिस्तानमाथि पहिलो ओडिआईमा जित हासिल गरेको छ ।
आइतवार भएको पहिलो ओडिआईमा जिम्बाब्वेले पाकिस्तानलाई डकवर्थ लुईस मेथडमा ८० रनले पराजित गरेको हो । जितसँगै तीन खेलको ओडिआई सिरिजमा जिम्बाब्वेले १-० को अग्रता बनाएको छ ।
जिम्बाब्वेले दिएको २ सय ६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानले २१ ओभरमा ६ विकेट गुमाएर ६० रन बनाएको अवस्थामा बर्षाका कारण खेल रोकिएको थियो । वर्षाका कारण खेल फेरी सुचारु हुन नसकेपछि डिएल मेथडमा पाकिस्तान ८० रनले पराजित भएको हो ।
वर्षा अघि पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले नट आउट १९ तथा कमरान गुलामले १७ रन जोडेका थिए । जिम्बाब्वेका लागि सिकन्दर राजा, सेन विलियम्स र ब्लेसिङ मुजरबानीले समान २ विकेट लिए ।
त्यसअघि हरारेमा रहेको क्विन्स स्पोट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ४०.२ ओभरमा अल आउट हुदै २ सय ५ रन मात्र जोड्न सक्यो । जिम्बाब्वेका लागि रिचार्ड नगर्भाले ५२ बलमा ४८, सिकन्दर राजाले ५६ बलमा ३९, टान्डिवान्सी मुरामनीले ४१ बलमा २९ तथा सेन विलियम्सले १७ बलमा २३ रन जोडेका थिए ।
पाकिस्तानका लागि सलमान आगा र फैसल अकरमले समान ३ तथा आमिर जमाल, मोहम्मद हसाइन र हरिस रउफले समान १ विकेट लिए । दुई देशबीचको दोस्रो ओडिआई खेल मंगलवार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]