default_image

1 year ago

November 26, 2024

नेत्रहिन विश्व कप – नेपालद्वारा दक्षिण अफ्रिका पराजित

1795 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

मंगलवार प्रतियोगितामा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपाली टोलीले दक्षिण अफ्रिकामाथि ११ रनको जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रन मात्र बनाउँन सक्यो । दक्षिण अफ्रिकाका लागि बुहारी भिडलाले ७१ बलमा ८ चौकाको सहयोगमा नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे पनि टोलीको हार टार्न भने सकेनन् । दक्षिण अफ्रिकाका दुवै खेलाडी रन आउट भएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रनको योगफल तयार गरेको थियो । नेपालका लागि नरेश चौधरीले ५७ बलमा ४ चौकाको सहयोगमा ८० तथा सागर लामाले २९ बलमा ४० रन जोडेका थिए ।

पहिलो खेलमा नेपाल श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १ सय ४ रनको फराकिलो अन्तरमा हराएको थियो ।

६ देशको सहभागीता रहेको विश्व कपमा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । २ सेमिफाइनलका विजेताबीच डिसेम्बर ३ मा फाइनल खेल रहेको छ । समूह चरणको अन्तिम खेलमा बुधवार नेपालले आयोजक पाकिस्तानको सामना गर्नेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.