default_image

1 year ago

November 27, 2024

चितवनका दुई विदेशी खेलाडी आईपुगे

895 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को टोली चितवन राइनोजमा अनुबन्ध भएका दुई विदेशी खेलाडी काठमाडौं आईपुगेका छन् ।

एनपिएलमा सहभागीता जनाउँन चितवनमा आबद्ध नामिबिया जान निकोल लिफ्टी इटन र इङ्ग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन बुधवार काठमाडौं आइपुगेका हुन् ।

दुवै खेलाडीलाई टोलीका अध्यक्ष आयुष न्यौपाने लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा स्वागत गरेका थिए ।

इटन र ल्यूकका अलावा टोलीमा विदेशी खेलाडीको रुपमा अफगानिस्तानका हसन इसाखिल र इङ्ग्ल्यान्डका रवि बोपारा रहेका छन् ।

इसाखिल यसअघि नै नेपाल आइसकेका छन् । चितवनमा अनुबन्ध दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग भने अभ्यासक्रममा घाइते भएर एनपिएलबाट बाहिरिएका छन् ।

चितवनको‌ मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् । एनपिएलमा ८ टोलीको सहभागिता रहेको छ ।

एनपिएलको पहिलो संस्करण शनिवार देखि पुस ६ गतेसम्म हुनेछ । चितवनको पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग रहेको छ ।

चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.