default_image

8 months ago

November 27, 2024

यु १९ एसिया कप खेल्न नेपाली टोली युएई प्रस्थान

1195 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

१५ सदस्यीय नेपाली टोलीको बुधवार त्यसतर्फ प्रस्थान गरेको हो । केही दिनअघि भारतको कनार्टक यु १९ सँगको ५ खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली तयार गरिएको थियो ।

क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । नेपाली युवा टोलीको कप्तानमा सिनियर टोलीका लागि खेलिसकेका तीव्र गतिका बलर हेमन्त छन् ।

यस्तै उपकप्तानमा अर्जुन कुमाल रहेका छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।

एसिया कप प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलंकासॅंग रहेको छ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते मा अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।

एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।

July 11, 2025

‘एनपिएल रोक्नका लागि मेरो संलग्नता छ भन्नु गलत’ – खेलकुद मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो‌ संलग्नता नरहेको प्रष्ट पारेका छन्। ‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो ‘ खेलकुद मन्त्री चौधरीले शुक्रवार जारी गरेको विज्ञप्तिमा […]

July 11, 2025

क्यानले यु-१६ टोलीलाई पुरस्कृत गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले च्याम्पियन यु -१६ राष्ट्रिय क्रिकेट टोलीका पुरस्कृत गर्ने भएको । क्यानले शुक्रवार विज्ञप्ति जारी गर्दै एसिसी मेन्स यु-१६ इस्ट जोन कपको च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा शनिवार सिंगापुरलाई २ विकेट हराउँदै नेपाल च्याम्पियन बनेको थियो […]

July 11, 2025

क्याम्फरले लिए ५ बलमा ५ विकेट

एजेन्सी – आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले आयरल्याण्डमा जारी अन्तर-प्रान्तीय टि ट्वान्टी ट्रफीमा नर्थ-वेस्ट वारियर्स विरुद्ध मुन्स्टर रेड्सका लागि यो उपलब्धि हासिल गरे । उनले २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिए । रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा ५ […]

Success

Thank you for your time.