1 year ago
November 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्समा अनुबन्ध इङ्ग्लिस क्रिकेटर सेफ अली जेब नेपाल आइपुगेका छन् ।
सुदूरपश्चिममा अनुबन्ध सेफलाई बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिम व्यबस्थापक रवि तिमल्सिना लगायतले स्वागत गरेका थिए ।
सुदूरपश्चिममा सेफका अलावा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरु टोलीमा समावेश गरेको छन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । सुदूरपश्चिमले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ ।
त्यस्तै नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको तयारीमा छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा शनिवार देखि पुस ६ गतेसम्म एनपिएलको पहिलो संस्करण हुँदैछ । मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्दै सुदूरपश्चिमले लिगको सुरुवात गर्नेछ ।
सुदूरपश्चिम रोयल्सको खेलतालिका
मंसिर १८ गते- विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २० गते- काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते- लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २३ गते- चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २६ गते- जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर ३० गते- पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
पुस १ गते- कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]