default_image

1 year ago

December 2, 2024

अष्ट्रेलियन अलराउन्डर कटिङ एनपिएल खेल्न आइपुगे

4199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्सबाट जारी नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्।

कटिङले आफ्नो करियरमा विश्वभरका टि ट्वान्टी लिगहरूमा खेलिसकेका छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल), बिग बास लिग (बिबिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारिबियन प्रिमियर लिग (सिपिएल) जस्ता ठूला फ्रेन्चाइजहरूमा सहभागी भइसकेका छन् ।

सनराइजर्स हैदरवादले सन् २०१६ को आइपिएलको उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण रहेको थियो।
एनपिएलको हिस्सा हुन पाउँदा र विशेषगरी लुम्बिनी लायन्समा सामेल हुन पाउँदा उनले आफू निकै उत्साहित भएको बताएका छन्।

१ सय ७० भन्दा बढी टि ट्वान्टी खेल खेलेका उनले २ हजार भन्दा बढी रन बनाउँदै १ सय २६ विकेट लिएका छन्।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी लायन्सको मार्की खेलाडी हुन्। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल बुधवार विराटनगर किङ्ससँग खेल्नेछ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.