default_image

1 year ago

December 5, 2024

टि ट्वान्टी इतिहासमै बन्यो सर्वाधिक रन, तोडियो जिम्बावेको कीर्तिमान

14156 views

0 Bookmark

एजेन्सी – टि ट्वान्टी क्रिकेटको इतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ ।

बरोडाले बिहीवार सिक्किमको टोलीविरुद्ध पुरुष टि ट्वान्टी क्रिकेटमा सर्वाधिक योगफल बनाउने कीर्तिमान बनाएको हो । उसले गत अक्टोबरमा नैरोबीमा गाम्बियाविरुद्ध जिम्बाब्वेले बनाएको ३ सय ४४ रनको कीर्तिमान तोडेको हो ।

बरोडाले आफ्नो इनिङमा ३७ छक्का प्रहार गर्दै अर्को टि ट्वान्टी कीर्तिमान तोडेको थियो । जिम्बाब्वेले गाम्बियाविरुद्धको खेलमा पनि एक इनिङमा सर्वाधिक २७ छक्का प्रहार गर्ने कीर्तिमान बनाएको थियो ।

भारतमा जारी सैयद मुस्ताक अलि क्रिकेटमा बरोडा क्रिकेट टिमले एकै इनिङमा ३ सय ४९ रन बनाएको हो । बरोडाका भानु पानियाले ५१ बलमा ५ चौका र १५ छक्कासहित १३४ रनको अविजित इनिङ खेले । विष्णु शोलांकीले १६ बलमा ६ छक्कासहित ५० रन जोडेका थिए ।

बरोडाले यस खेलमा २ सय ६३ रनको जित हात पारेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको सिक्किमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । बलिङतर्फ निनाद राठवा र महेश पिठियाले समान २ विकेट लिए ।

रणजी ट्रफीको समूह ‘ए’ को शीर्ष स्थानमा रहेको बडोदाले ५ खेलमा लगातार ४ जित हात पारेको छ । जारी सैयद मुश्ताक अली ट्रफीमा उसले हालसम्म ७ मध्ये ६ खेल जितिसकेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.