1 year ago
December 12, 2024
एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पहिलो टि ट्वान्टी आई खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
बुधबार भएको खेलमा जिम्बाबेले अन्तिम बलमा जित निकाल्दै अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो । योसँगै तीन खेलको टि ट्वान्टी आई सिरिजमा जिम्बाबेले १–० को अग्रता लिएको छ ।
अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य जिम्बाब्वेले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । अन्तिम ओभरमा जिम्बाबेलाई जितका लागि ११ रन चाहिएको थियो। पहिलो बलमा अजमातुल्लाह उमरजाईले तासिङ्गा मुसेकिवालाई चौका दिए । उनले दोस्रो र तेस्रो बलमा समान दुई रन दिएपछि खेल थप रोचक बनेको थियो । चौथो बल डट राखे पनि पाँचौं बलमा मुसेकिवाले दुई र अन्तिम बलमा एक रन लिँदै जिम्बावेलाई रोमाञ्चक जित दिलाए ।
१३ बल खेलेका मुसेकिवा एक चौकासहित १६ रन बनाउँदै नट आउट रहे । वेलिंग्टन मसाकाद्जाले पनि अविजित रहँदै ६ रन बनाए । जिम्बाब्वेले सुरुवात राम्रो गर्न नसके पनि ओपनर ब्रायन बेनेटले ४९ रनको इनिङ्स खेले । अर्धशतक बनाउन एक रनले चुकेका उनलाई १६.१ ओभरमा राशिद खानले बोल्ड गरेका थिए। ४९ बल खेलेका उनले पाँच चौका प्रहार गरे।
उनीबाहेक डायन मायर्सले ३२ र रायन बर्लले १० रन बनाए। जिम्बाबेका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। अफगानिस्तानका नवीन उल हकले ४ ओभर ३३ रन ३ लिए । कप्तान राशिदले २ र मोहम्मद नाबीले १ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसअघि हारारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले करिम जन्नतको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।
४९ बल खेलेका उनले पाँच चौकासहित ५४ रन बनाए। मोहम्मद नाबीले ४४ रनको योगदान दिँदा हजरतुल्ला जजाई २० र अजमातुल्लाहले १३ रनको योगदान दिए । जिम्बाब्वेका रिचर्ड नगर्भाले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । दुई बीचको दोस्रो खेल शुक्रवार रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]