7 months ago
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर स्टेफन स्किनाजीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध शनिवार सहज निकाल्दै काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग(एनपिएल) को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।
पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
काठमार्डौका ओपनर स्किनाजीले सर्वाधिक ६० रन बनाए । उनले ३४ बलमा १० चौका प्रहार गरे । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले २८ बलमा पूरा गरे । ६० रन बनाउँदै उनी विपिन खत्रीको बलमा बोल्ड आउट भए ।
अर्का ओपनर माइकल लेभिटले १८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे । लेभिट विपिन खत्रीको बलमा विकेटकिपर आन्द्रेस गौसबाट समातिए । भीम सार्की २० बलमा २२ रन जोड्दै माइकल लिस्कको बलमा आउट भए ।
जेहार्ड एरास्मस १० बलमा २५ रनमा नट आउट रहे । पोखराका लागि विपिन खत्रीले ३ तथा माइकल लिस्कले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको थियो ।
पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे ।
दिनेश टोलीको स्कोर ४४ रन हुँदा राशिद खानबाट एलबिडब्लु सिकार भए । दिलिप नाथले २४ बलमा २ छक्काको प्रहार गर्दै आउट भए । २७ रन बनाएका दिलिप राशिदकै बलमा बोल्ट आउट भए ।
आन्द्रेश गौस रनको खाता नै नखोल्दै जेहार्ड एरास्मसको बलमा माइकल लेभिटबाट समातिए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै राशिदकै बलमा बोल्ड आउट भए । यसै खेलमा एनपिएल डेब्यु गरेका भारतीय घरेलु खेलाडी आकर्षित गोमिल ८ रन बनाउँदै माइकल लेभिटको एलबिडब्लु सिकार भए ।
१७औं ओभरमा कप्तान करण केसीले माइकल लिस्क तथा नारायण जोशीलाई पेभिलियनको बाटो देखाए पछि काठमाडौं पोखराविरुद्ध पुरै हाबी भएको थियो ।
१९औं ओभरको तेस्रो कप्तान करणले विपिन खत्रीलाई ४ रनमा आउट गराएका थिए । काठमाडौंका लागि राशिद खान र कप्तान करणले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए ।
यो जितले काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो भएको छ । काठमाडौंले अन्तिम खेलमा आइतवार विराटनगर किंग्ससँग रहेको छ । पराजित पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना कायमै रहेको छ ।
पोखराको अन्तिम खेलमा आइतवार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । आज दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ ।
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका छन्। ‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो ‘ खेलकुद मन्त्री चौधरीले शुक्रवार जारी गरेको विज्ञप्तिमा […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले च्याम्पियन यु -१६ राष्ट्रिय क्रिकेट टोलीका पुरस्कृत गर्ने भएको । क्यानले शुक्रवार विज्ञप्ति जारी गर्दै एसिसी मेन्स यु-१६ इस्ट जोन कपको च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा शनिवार सिंगापुरलाई २ विकेट हराउँदै नेपाल च्याम्पियन बनेको थियो […]
July 11, 2025
एजेन्सी – आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले आयरल्याण्डमा जारी अन्तर-प्रान्तीय टि ट्वान्टी ट्रफीमा नर्थ-वेस्ट वारियर्स विरुद्ध मुन्स्टर रेड्सका लागि यो उपलब्धि हासिल गरे । उनले २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिए । रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा ५ […]