12 months ago
December 26, 2024
एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ ।
अस्ट्रेलियाको मेलवर्न क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको छ । अस्ट्रेलियाका स्टिभ स्मिथ ६८ रनमा नट आउट रहँदा कप्तान प्याट कमिन्स ८ रनमा नट आउट छन् ।
त्यसअघि अस्ट्रेलियाका ओपनर साम कोन्स्टास, अर्का ओपनर उस्मान ख्वाजा र मार्नस लाबुस्छेनले अर्धशतक बनाए । यसै खेलमा टेस्ट डेब्यु गरेका कोन्स्टासले ६५ बलमा ६ चौका र २ छक्काको सहयोगमा ६० रन जोडे । ख्वाजाले १ सय २१ बलमा ५७ तथा लाबुस्छेनले १ सय ४५ बलमा ७२ रन जोडे ।
उत्कृष्ट सुरुवात गरेको अस्ट्रेलियाले पछिल्ला विकेटहरु सस्तैमा गुमाएको थियो । एक समय २ सय ३७ रन जोड्दा मात्र २ विकेट गुमाएको अस्ट्रेलियाले ७४ रन थप्दा ४ विकेट गुमाएको थियो । एलेक्स केरीले ४१ बलमा ३१ रन जोडे । मिचेल मार्श ४ रनमा आउट हुँदा ट्रभिस हेडले रनको खाता खोल्न सकेनन् ।
भारतका लागि जसप्रित बुमराहले ३ तथा आकाश दिप, वासिटंन सुन्दर र रविन्द्र जडेजाले समान १ विकेट लिए । पहिलो टेस्ट २ सय ९५ रनले गुमाएको अस्ट्रेलियाले दोस्रो टेस्ट १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा समाप्त हुँदा पाँच खेलको टेस्ट सिरिज १-१ को बराबरीमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]