12 months ago
December 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशका महत्वपूर्ण खेलाडी अनिल शाहले जय ट्रफी मेन्स एलिट कप गुमाउने भएका छन् ।
अनिल नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते भएका थिए । उनको बायाँ हातको औँलामा चोट लागेको थियो। चोट पूर्ण रुपमा ठिक नभएकाले उनले एलिट कप खेल्ने छैनन् ।
चोटका कारण अनिलले एनपिएलको प्लेअफ तथा फाइनल खेल गुमाएका थिए । यसै वर्षको सुरुमा भएको प्रधानमन्त्री कप क्रिकेटमा टोलीलाई शीर्ष चारमा पुर्याउन अनिलले भूमिका महत्वपूर्ण थियो । उनले ९ खेलमा १ शतक सहित ३ सय ८६ रन बनाएका थिए ।
मधेश क्रिकेट संघले शनिवार हरिशंकर शाहको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । घोषित प्रारम्भिक टोलीमा शल्यक्रियाका कारण आराम गरिरहेका पवन सरार्फ पनि टोलीमा छैनन् ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।
सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय ढाँचा र फाइनल तीन दिवसीय रुपमा खेलाइने छ ।
मधेश प्रदेशको प्रारम्भिक टोली
हरि शंकर शाह(कप्तान), मयन यादव, अरनिको यादव, विशाल सुशलिङ, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, रोहन विक, राहुल मण्डल, शैलेन्द्र शाह, निरज कुमार यादव, राज पटेल, सफवान अलि, प्रथिभ यादव र कमल गुप्ता
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]