12 months ago
December 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगितामा मंगलवार पनि ७ खेल भएका छन् ।
स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोरमा आज टिम बिडिएस, तारकेश्वर युथ क्लब, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर, मिक्समान्डु विजयी भएका छन् ।
दिनको पहिलो खेलमा समुह सि अन्तर्गत टिम बिडिएसले स्याङ्जा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्यो ।
७९ रनको लक्ष्य पछ्याउने क्रममा टिम बिडिएसले ४ विकेट गुमाएर ९.३ ओभरमा लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले २९ रन बनाए ।
समूह चरणका सबै ४ खेलमा जितेको टिम बिडीएस समूह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ । स्याङ्जा ४ खेलमा जितबिहीन रहँदै बाहिरिएको छ ।
दोस्रो खेलमा समूह ए अन्तर्गत तारकेश्वर युथ क्लबले हसनटार युथ क्लबलाई ११ रनले पराजित गर्यो । ५० रनको लक्ष्य पाएको हसनटार ३८ रनमा अल आउट भयो। प्लेयर अफ द म्याच घोषित दीपक रेग्मीले ३ विकेट लिए।
तेस्रो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले पाञ्चायन युथ क्लबलाई ७ विकेटले पराजित गर्यो। ५६ रनको लक्ष्य थानकोटले ३.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
प्लेयर अफ द म्याच घोषित थानकोटका प्रनिश श्रेष्ठले २४ रन बनाए । दुवै टोली यस अघि नै समूह चरणबाट बाहिरिसकेका थिए ।
चौथो खेलमा समुह सि अन्तर्गत हिमालयन क्रिकेट एकेडेमीले स्याङ्जा वारियर्सलाई ४ विकेटले पराजित गर्यो ।
५२ रनको लक्ष्य हिमालयन क्रिकेट एकेडेमीले ८.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित जयन्त बिष्टले १ विकेट लिनुको साथै १७ रन बनाए ।
आजको पाँचौं खेलमा समुह ए अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) ले चक्रवर्ती ल कलेजलाई ५० रनले पराजित गर्यो ।
८७ रनको लक्ष्य पछ्याउने क्रममा चक्रवर्ती ३६ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित सिइसीका राज बमले ३ विकेट लिनुको साथै १४ रन पनि बनाए । सिइसी तिनवटै खेल जितेर क्वार्टरफाइनल पुगेको छ ।
छैटौं खेलमा समुह डी अन्तर्गत मिक्समाण्डुले थानकोट वारियर्सलाई १५ रनले पराजित गर्यो । ५३ रनको लक्ष्य पछ्याउने क्रममा थानकोट वारियर्स ३७ रनमा अल आउट भयो ।
प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका नवीन यादवले १४ रन बनाउनुको साथै २ विकेट पनि लिए । समुह डी बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी समूह विजेता र मिक्समान्डु समूह उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छन्।
सातौं खेलमा समूह ए अन्तर्गत क्रिकेट एक्सेलेन्ज सेन्टरले (सिइसी) हसनटार युथ क्लबलाई ४८ रनले पराजित गर्यो । ९४ रनको लक्ष्य पछ्याउने क्रममा हसनटारले ४५ रन मात्र बनाउन सक्यो ।
प्लेयर अफ द म्याच घोषित राज बमले ४० रन बनाए । हसनटार ४ खेलमा १ मात्र जितपछि क्वार्टरफाइनल दौडबाट बाहिर भएको छ।
लिग कम नकआउट आधारमा जारी प्रतियोगिताको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]