6 months ago
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् ।
जय ट्रफीको पहिलो संस्करणमा सन् २०२४ काे सुरूमा भएकाे प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टोलीको सहभागिता रहनेछ ।
राष्ट्रिय टोलीका कप्तान रोहित गत संस्करणको प्रधानमन्त्री कपमा आर्मी क्लब छोड्दै अर्को विभागिय टोली नेपाल एपिएफ क्लबमा आबद्ध भएका थिए । रोहितआबद्ध एपिएफले प्रधानमन्त्री कपको शीर्ष चारमा स्थान बनाउँन नसक्दा उनले एलिट कप गुमाउने भएका हुन् ।
रोहितसँगै राष्ट्रिय टोलीका नियमित विकेटकिपर आसिफ शेखले पनि पहिलो संस्करणको यस प्रतियोगिता गुमाउँदैछन् । अभिनाश बोहोरा, भुवन कार्की, सन्दीप जोरा, सुमित महर्जन, लोकेश बम लगायतले पनि यो प्रतियोगिता गुमाउने भएका छन् ।
जय ट्रफी पुस २१ देखि माघ ३ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु जनकपुर र विरगंजमा हुनेछ । सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा हुनेछ ।
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका छन्। ‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो ‘ खेलकुद मन्त्री चौधरीले शुक्रवार जारी गरेको विज्ञप्तिमा […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले च्याम्पियन यु -१६ राष्ट्रिय क्रिकेट टोलीका पुरस्कृत गर्ने भएको । क्यानले शुक्रवार विज्ञप्ति जारी गर्दै एसिसी मेन्स यु-१६ इस्ट जोन कपको च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा शनिवार सिंगापुरलाई २ विकेट हराउँदै नेपाल च्याम्पियन बनेको थियो […]
July 11, 2025
एजेन्सी – आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले आयरल्याण्डमा जारी अन्तर-प्रान्तीय टि ट्वान्टी ट्रफीमा नर्थ-वेस्ट वारियर्स विरुद्ध मुन्स्टर रेड्सका लागि यो उपलब्धि हासिल गरे । उनले २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिए । रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा ५ […]