default_image

12 months ago

January 3, 2025

अस्ट्रेलियाविरुद्ध भारत सस्तैमा समेटियो

1341 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ ।

बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत १ सय ८५ रनमा समेटिएको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत पहिलो दिनको खेल समाप्ति हुनु केही अघि १ सय ८५ रनमा अल आउट भएको हो ।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४० रन जोडे । पन्तले ९८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रविन्द्र जडेजा २६, कप्तान जसप्रित बुमराह २२, शुभमन गिल २० तथा विराट कोहली १७ रनमा आउट भए ।

अस्ट्रेलियाका लागि तीव्रगतिका बलरहरु चम्किएका थिए । स्कट बोल्याण्डले ४, मिचेल स्टार्कले ३, कप्तान प्याट कमिंसले २ तथा नाथन लायनले १ विकेट लिएका थिए । अस्ट्रेलियाका लागि नौ विकेट तीव्रगतिका बलरले आफ्नो नाम गरेका थिए ।

आज नै पहिलो इनिङको सुरुवात गरेको अस्ट्रेलियाले पहिलो दिनको समाप्तीसम्म एक विकेट गुमाएर नौ रन जोडेको छ । पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो । यसका साथ सिरिजमा अस्ट्रेलिया २-१ ले अघि रहेको छ ।

वर्ल्र्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनलमा स्थान बनाउँने सम्भावना कायमै राख्न भारतलाई यो टेस्ट जित्नै पर्ने दबाब छ ।

अस्ट्रेलिया भने यो टेस्टमा जितका डब्लुटिसीको फाइनलमा सहजताका साथ स्थान बनाउँन चाहन्छ । दक्षिण अफ्रिकाले यसअघि नै डब्लुटिसीको फाइनलमा स्थान बनाइसकेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.