11 months ago
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए ।
साहबले एलिट कपको उत्कृष्ट बलर समेत बनेका छन् । यो अवार्ड लिग चरणको प्रदर्शनको आधारमा दिइएको थियो । लिग चरणको खेलमा साहबले २१ विकेट लिएका थिए ।
मधेश प्रदेशका ओपनर मयन यादव प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए । उनले ३ खेलमा १ शतक तथा १ अर्धशतकको सहयोगमा २ सय ६८ रन जोडेका थिए । प्रतियोगितामा शतक प्रहार गर्ने मयन एक मात्र खेलाडी रहेका थिए ।
फाइनलको दुवै इनिङमा गरेर ११ विकेट लिने नेपाल पुलिस क्लबका सागर ढकाल प्लेयर अफ द फाइनल भए । बिहीवार विभागीय ड्रर्बी फाइनलमा आर्मीलाई २८ रनले पराजित गर्दै पुलिस च्याम्पियन भएको थियो ।
पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा पछिल्लो पिएम कपका शीर्ष ४ (नेपाल पुलिस, त्रिभुवन आर्मी, मधेश प्रदेश र बागमती प्रदेश) टोलीको सहभागिता थियो ।
लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय फर्म्याटमा भएको थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]