default_image

11 months ago

January 20, 2025

यु १९ महिला विश्व कप – नेपाल स्कटल्याण्डसँग खेल्दै

1026 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो दोस्रो खेलमा सोमवार स्कटल्याण्डको सामना गर्दैछ ।

मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

खेलमा नेपालको ब्याटिङ पुर्ण रुपमा धराशाही हुँदा नेपाल ५२ रनमा अल आउट भएको थियो । स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।

दुवै टोलीका लागि तेस्रो खेलका प्रतिद्वन्दीहरु कठिन छन् । त्यस कारण यस खेलमा जित हात पार्दै दुवै टोली सुपर सिक्सको मार्ग सहज बनाउँने लक्ष्यमा रहेका छन् ।

नेपाल र स्कटल्याण्ड यु १९ बिचको हेड टु हेड

नेपाल र स्कटल्याण्डको कुनै स्तरको महिला टोलीबिच खेल हुन लागेको यो पहिलो पटक हो ।

विश्व कपकाे फर्म्याट

दोस्रो संस्करणको यु १९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागीता रहेको छ । सहभागी १६ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपाल सहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन् ।

प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ ।

ग्रुप १ मा समूह ‘ए’ र समूह ‘डी’ का शीर्ष ३ देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ र समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहन्छ।

नेपाल यु १९ ले आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा बुधवार अस्ट्रेलियाको सामना गर्नेछ ।

नेपाली युवा टोली

सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.