11 months ago
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ ।
सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा छोट्याइएको थियो ।
कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ६.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि सम्झना खड्काले सर्वाधिक ३२ रन जोडिन् । उनले २३ बलमा ५ चौका प्रहार गरिन् । अञ्जिली विश्वकर्मा ६ रनमा आउट हुँदा रुवि पोदार १ रनमा नट आउट रहिन् ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन जोडेको थियो । कोशीका लागि स्मृती कटवालले सर्वाधिक १४ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
आर्मीका लागि मनिषा चौधरीले ३ तथा सुस्मिता भुषालले २ विकेट लिइन् । जितसँगै आर्मीको ३ खेलबाट ४ अंक भएको छ । रनरेटमा पछि परेका कारण दोस्रो स्थानमा रहेको कोशीले सुपर फोरमा प्रवेश पाउँन दोस्रो खेलको नतिजा कुर्नुपर्ने छ ।
दोस्रो खेलमा बागमती प्रदेश र मधेश प्रदेश खेल्दै छन् । यस खेलमा बागमतीले मधेशमाथि फराकिलो जित निकालेमा कोशीको सुपर फोर सम्भावना सकिनेछ । बागमतीले मधेशलाई सामान्य अन्तरमा हराए वा मधेशले खेल जितेमा कोशी सुपर फोरमा पुग्नेछ ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह बी मा कोशी , मधेश , बागमती, त्रिभुवन आर्मी क्लब छन् । दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । दुवै समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]