11 months ago
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।
समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको दुवै खेलमा अपराजित रहेको हो ।
हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याईएको थियो । एपिएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको आर्मीले निधौरित १७औं ओभरको अन्तिम बलमा ४६ रनमा अल आउट भयो ।
आर्मीका लागि राधिका पुजारले सर्वाधिक १७ रन जोडिन् । कप्तान लक्ष्मी साउदले १० रन जोड्नु बाहेक आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफका लागि रेखा रावलले ३ तथा कप्तान इन्दु बर्माले १ विकेट लिइन् ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाएर १ सय १५ रनको योगफल तयार गरेको थियो ।
एपिएफका लागि ओपनर राजमती ऐरीले ३५ बलमा सर्वाधिक ३५ रन जोडिन् । कविता जोशीले २५ बलमा नट आउट ३४ तथा कप्तान इन्दु बर्माले १९ बलमा १८ रन जोडिन् । ममता चौधरी ११ र रोमा थापा ७ रनमा आउट भइन् ।
आर्मीका लागि सुस्मीता भुषालले २ तथा इश्वरी बिष्टले १ विकेट लिईन् । फाइनल प्रवेश गर्ने दोस्रो टोलीको भने तय भएको छैन । फाइनल पुग्ने अर्को टोलीका रुपमा आर्मी, बागमती र सुदूरपश्चिमबिचको प्रतिस्पर्धा रहेको छ ।
आजै हुने सुपर फोरको बागमती र सुदूरपश्चिमबीचको खेलबाट फाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]