11 months ago
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
शुक्रवार भएको दिनको दोस्रो खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको हो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा समेटियो ।
बागमतीका लागि यशोदा बिष्टले सर्वाधिक ३० रन जोडिन् । ओपनर हेलिशा गुरुङले २३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । बागमतीका ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।

सुदूरपश्चिमका लागि कविता कुवँर र करिष्मा थापाले समान २ तथा ऋतु कनौजीया र आशिका महराले समान १ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि ऋतु कनौजीयाले नट आउट रहँदै ३४ रन जोडिन् । मनिष बोहोरा १६ तथा कविता कुवँर १३ रनमा आउट भए ।
बागमतीका लागि सोनु खड्का र मनिशा उपाध्यायले समान ३ तथा विपाशा शाहिले १ विकेट लिइन् । यससँगै महिला पिएम कपको फाइनल समिकरण पूरा भएको छ । आजै भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मीलाई पराजित गरि फाइनलमा स्थान बनाएको थियो ।
सुदूरपश्चिम र एपिएफबीचको फाइनल खेल शनिवार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]