11 months ago
January 27, 2025
हिमाल खरेल, बिर्तामोड
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
आज भएका दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित २० ओभरमा २ सय २ रन बनाएको थियो । गौरादहका लागि सुरज न्यौपानेले ५४ रन र अर्जुन यादवले ५० रनको योगदान दिए ।
जवाफमा बुद्धशान्तिले ८ विकेट गुमाउँदै १ सय ७८ रन मात्र बनाउन सक्यो । बुद्धशान्तिका लागि आदिहाङ फागोले सर्वाधिक ४० रन, कप्तान अर्पण कार्कीले ३४ रन बनाए । खेलको प्लेयर अफ द म्याच गौरादहका सुरज न्यौपाने भए र उनले ३ हजार रुपैयाँ र ट्रफी पाए ।
दोस्रो खेलमा कचनकवलले गौरीगञजलाई ९ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको गौरीगञ्जले १०.५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रन मात्र बनाउन सक्यो ।
कचनकवलका बलरहरूसामु निरीह देखिएको गौरीगञ्जका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
४४ रनको लक्ष्य कचनकवलले ४.२ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा गर्यो । कचनकवलका लागि दिपेश बोगटीले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । उनी प्लेयर अफ द म्याच हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।
मंगलवार क्वार्टरफाइनलका खेलह सुरु हुने आयोजकले जनाएको छ । पहिलो क्वार्टर फाइनलमा झापा गाउँपालिका र बिर्तामोड खेल्नेछन् । दोस्रो खेल कनकाई र भद्रपुर नगरपालिकाबीच हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]