default_image

4 months ago

January 28, 2025

महिला त्रिकोणात्मक सिरिजमा प्रवेश निःशुल्क

497 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको लागि मैदान प्रवेशका लागि कुनै शुल्क नलाग्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार सिरिजका खेल हेर्न मैदान प्रवेशमा निःशुल्क गरिएको जनाएको छ । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवार सुरु हुनेछ ।

सिरिजमा सहभागी रहने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको नामावली सार्वजनिक भईसकेको छ ।

सिरिजको उद्घाटन खेलमा घरेलु टोली नेपाल र नेदरल्याण्ड्स भिड्ने छन् । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

सिरिजमा नेपाली टोलीको खेलतालिका

३० जनवरी (माघ १७ गते) – नेदरल्याण्ड्ससँग
१ जनवरी (माघ १९ गते) – थाइल्याण्डसँग
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग

May 20, 2025

नेपाललाई हराउँदै थाइल्याण्ड च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- थाइल्याण्डले आइसिसी महिला टि२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ। नेपाललाई आज ७८ रनको फराकिलो अन्तरले हराउँदै आयोजक थाइल्याण्ड च्याम्पियन बनेको हो। ग्लोबल क्वालिफायरमा नेपाल र थाइल्याण्ड दुवै छनोट भैसकेका छन्। टेडथाइई क्रिकेट मैदानमा १ सय ५९ रनको विशाल लक्ष्य पछाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८० रनमा समेटियो। नेपालले […]

May 20, 2025

नेपाललाई उपाधि जित्न विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकपको एसिया क्षेत्र छनोटको उपाधि जित्न नेपाललाई थाइल्याण्डले १ सय ५९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपनि थाइल्याण्डलाई रोक्न सकेन । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले अर्धशतक प्रहार गरेपछि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ […]

May 20, 2025

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएको छ । प्रतियोगिताको उपाधि जित्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ । नेपाल र थाइल्याण्ड दुवै सुपर थ्री को शीर्ष दुईमा रहेर विश्वकपको ग्लोबल छनोटमा भने अघि बढिसकेका छन् । […]

Success

Thank you for your time.