11 months ago
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी बलिङको सहयोगमा महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।
नेपालले नेदरल्याण्ड्सबाट १ सय ४१ रनको लक्ष्य पाएको हो । कीर्तिपुरमा रहेको टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रनको योगफल तयार गरेको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन जोडे । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । हिटर सिगर्सले २३ बलमा ३ चौका र १ छक्काको सहयोगमा २६ रन जोडिन् । रोबिन रिके र फेबी मोलकिनरले समान २१ रन जोडिन् ।
नेपालका लागि सिताले ३ ओभरमा १२ रन खर्चिएर ५ विकेट लिइन् । यसअघि सिताले हङकङविरुद्ध २०२३ अगस्ट २२ मा १६ रन खर्चिएर ५ विकेट लिएकी थिइन् । मनिषा उपाध्यायले २ तथा कविता जोशी तथा इन्दु बर्माले समान १ विकेट लिइन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]