default_image

10 months ago

February 5, 2025

नेपालले टस जित्यो

422 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् ।

दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो ।

यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने तेस्रो जितको खोजीमा छ । नेपाल सिरिजमा थाइल्याण्ड र नेदरल्याण्ड्ससँग समान २ पटक पराजित भएको छ ।

नेदरल्याण्डले नेपालसँगका दुवै खेल जित्दा थाइल्याण्डसँगको दुवै खेलमा पराजित भएको छ ।

नेपालको प्लेईङ-११

इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.