10 months ago
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो ।
यो जितसँग अत्तरिया समुह ‘बी’ को विजेता बनेर सेमिफाइनल प्रवेश गर्यो । यो समूहबाट होराइजन उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो ।
समूह ‘ए’ बाट विजेता बन्दै फ्रेन्ड्स युथ क्लब डडेलधुरा र उपविजेताका रुपमा डिसिए धनगढी अन्तिम चारमा पुगिसकेका छन् गरिसकेका थिए ।
१ सय ८९ रनको लक्ष्य पछ्याएको होराइजनले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन जोड्यो । होराइजनका लागि प्रतिक श्रेष्ठले सर्वाधिक १८ रन जोडे। तुलवहादुर थापा १७, बीरवहादुर मगर १५ र निश्चल ज्ञवाली १२ रनमा आउट भए ।
अत्तरियाका लागि विवेक यादव, शाहब आलम र राशिद खानले समान २, कमल गुप्ता र दिपेश कँडेलले समान १ विकेट लिए ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय ८८ रन बनायो ।
अपराजित रुपमा सेमिफाइनल पुगेको अत्तरियाका लागि भीम सार्कीले ५८ रन जोडे । उनले ३९ बलमा ८ चौका प्रहार गरे
भीमले चौथो विकेटका लागि विवेक यादवसँग ७७ रनको साझेदारी पनि गरे । विवेकले ३८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन जोडे । यस्तै भीमले तेस्रो विकेटका लागि शंकर रानासँग पनि ५१ रनको साझेदारी गरे ।
शंकर २० बलमा ३ चौका र २ छक्काको सहयोगमा ३१ रनमा आउट भए । कप्तान सन्तोष कार्कीले १२ बलमा २३ रन बनाए । बुटवलका लागि निर्मल गुरुङले २, वीर मगर, विप्रोसन केसी र तुलवहादुर थापाले समान १ विकेट लिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा शनिवार समुह ‘ए’ को विजेता फ्रेन्डस युथ क्लब डडेल्धुरा र समुह ‘बी’ को उपविजेता न्यु होराइजन बुटवलबिच प्रतिस्पर्धा हुनेछ ।
आइतवार हुने दोस्रो सेमिफाइनल खेलमा समुह ‘बी’ को विजेता सिवाइसी अत्तरिया र समुह ‘ए’ को उपविजेता डिसिए धनगढी फाइनल प्रवेशका लागि खेल्नेछन् ।
फाइनल साेमवार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]