default_image

10 months ago

March 1, 2025

दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा

685 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ।

रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका‌ रुपमा अन्तिम चारमा पुग्यो ।

पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो।

ओपनर ट्रिस्टन स्टब्स विना कुनै रन र अर्का ओपनर रायन रिकेल्टन २७ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। त्यतिखेर दक्षिण अफ्रिकाले ४७ रन बनाएको थियो।

त्यसपछि रस्सी भान र क्लासेनको तेस्रो विकेटका लागि १ सय २७ रनको शतकीय साझेदारी गर्दै जितको आधार खडा गरे। दुवैले अर्धशतक पूरा गरे।

रस्सी भानले सर्वाधिक अविजित ७२ रन बनाए। उनले ८७ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरे। हेनरिकले ११ चौकाको मद्दतमा ५६ बलबाट ६४ रन जोडे।

बलिङमा इङ्ग्ल्यान्डका जोफ्राले २ र लायम लिभिङस्टनले १ विकेट लिए। त्यसअघि टस जितेर इङ्ल्यान्डले ३८.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा बनाएको थियो।‌

३७ रन जोड्दा ३ विकेट गुमाइसकेको इङ्ग्ल्यान्डले सुरुवात राम्रो गर्न सकेन । मार्को जानसेनले लगातार सुरुवाती ३ विकेट झारे।

फिल साल्ट ८ रनमा, जेमी स्मिथ विना कुनै रन र बेन डकेट २४ रनमा आउट भए। त्यसपछि पनि कुनै खेलाडीले ठूलो पारी खेल्न सकेनन्। जो रुटले सर्वाधिक ३७ रन जोड्दा जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए।

बलिङमा मार्को जानसेनले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चेर ३ विकेट लिए्। वियान मल्डरले ७ ओभर २ बल बलिङ गर्दै २५ रन दिएर ३ विकेट झारे। केशव महाराजले भने २ विकेट आफनो नाममा लेखाए।

जितले दक्षिण अफ्रिका ५ अंक सहित समुह ‘बी’ को विजेता बन्यो । यसअघि अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल वास आउट भएको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १ सय ७ रनले हराएको थियो।

४ अंक जोड्दै सेमिफाइनल पुगिसकेको अस्ट्रेलिया समूह उप विजेता बन्यो। ३ अंक बनाएको अफगानिस्तान र अंकको खाता नखोली इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरिए।‌

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.