9 months ago
March 12, 2025
हिमाल खरेल, मेचीनगर
झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ ।
सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच खेलाइएको थियोे ।
थन्डरका लागि किरात डाँगीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै, विधान दुलालले १८ ,शिव राजवंशीले १६ र
नित्य खडरियाले १५ रन बनाएका थिए ।
बलिङतर्फ दमकका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, रवित राजवंशी र एलिक राईले समान २ आयुष न्यौपानेले १ विकेट लिए ।
१ सय १५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा दमक निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९३ रनमा समेटियो ।
दमकका लागि सुरज न्यौपानेले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ३४ रन बनाए । उनले १६ बल खेल्दै ३४ रन बनाएका हुन् ।
त्यस्तै, विजय तामाङले ३२ र नुर अन्जानले १७ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा दमकले हार व्यहोर्न पुग्यो ।
बलिङतर्फ थन्डरका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए । रोहित राजवंशी र एलिक राईले समान २, आयुष न्यौपानेले १ विकेट हात पारे ।
३ विकेट लिएका थन्डरका आनन्द शर्मा प्लेयर अफ दि म्याच घोषित भए । उनले १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे ।
चैत ४ गते हुने फाइनलको विजेताले ५० र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]