default_image

4 weeks ago

March 27, 2025

मधेशसँग हारे पनि बागमती चौथो हुन सफल

680 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशसँग पराजित भएपनि बागमती प्रदेश प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो हुन सफल‌ भएको छ ।

इशान पाण्डेको शतकका बाबजुद बिहार बागमती ४ विकेट पराजित भएको छ। हारको बाबजुद नेट रन रेटमा अघि रहेर बागमती शीर्ष चारमा पर्यो ।

२ सय ६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा नट आउट रहँदै कप्तान अनिल साहले सर्वाधिक ७० रन जोडे ।

प्लेयर अफ द म्याच भएका अनिलले ५३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । रुपेश सिंहले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा नट आउट २५ रन जोडे ।

ओपनर रोहन विकले ५० बलमा ३९, हरिशंकर साहले ३८ बलमा ३३, पवन सरार्फले ४१ बलमा ३१, शैलेन्द्र साहले ४२ बलमा १६ र दिपेश दासले २५ बलमा १९ रन जोडे ।

बागमतीका लागि सूर्य तामाङले २, रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो ।

बागमतीका लागि ओपनर इशानले सर्वाधिक १ सय १४ रनको शतकीय इनिङ खेले । इशानले १ सय २७ बलमा १४ चौका प्रहार गरेका थिए । उनले पिएम कपमा आफ्नो पहिलो शतक पूरा गरे । पहिलो शतक इशानले १ सय १८ बलमा पूरा गरे ।

यो संस्करणको पिएम कपमा शतक प्रहार गर्ने इशान चौथो ब्याटर हुन् । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले २, आर्मीका तृत राज दास र गण्डकीका अर्जुन कुमालले समान १ शतक प्रहार गरेका थिए ।

बागमतीका लागि पिएम कपमा शतक बनाउँने इशान तेस्रो खेलाडी हुन् । यसअघि ज्ञानेन्द्र मल्ल र आशुतोष घिरैयाले शतक बनाएका थिए ।

टोलीका रिजन ढकाल र विवेक राना मगर समान ३० रनमा आउट भए । शुभ कंसाकार २० रनमा आउट हुँदा विपिन आचार्य १९ बलमा २७ रन जोडे ।

मधेशले धेरै गलत फिल्डिङ गर्दा बागमतीले बलियो योगफल तयार गर्ने सफल भयो । मधेशका लागि हरिशंकर साह र पवन सरार्फ, कप्तान अनिल साहले समान २ तथा रुपेश सिंह र विशाल पटेलले समान १ विकेट लिए ।

विजयी मधेश ९ खेलमा ८ अंकका साथ सातौं स्थानमा रहेर प्रतियोगिता सकायो । समान खेल र अंक भए पनि नेट रनरेटमा बागमती अघि रह्रयो ।

शनिवार हुने फाइनलमा साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीले स्थान पक्का गरिसकेका छन् ।

April 25, 2025

हैदराबादसँग चेन्नईको‌ हार

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको‌ नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र […]

April 25, 2025

सनराइजर्स हैदरबादलाई सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ५५ रनको लक्ष्य दिएको छ। सनराइजर्सले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो। चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। […]

April 25, 2025

नेपाली राष्ट्रिय महिला टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले महिला टि ट्वान्टी विश्वकप एसिया क्वालिफायरका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। टोलीको कप्तानमा इन्दु बर्मा र उप कप्तानमा यु-१९ टोली कप्तान पूजा महतो छिन् । पछिल्लो पटक युगाण्डा सिरिज खेलेको टोलीमा केहि परिवर्तन यो पटक गरिएको छ। कविता कुँवर चोट मुक्त भएर टोलीमा फर्किएकी […]

Success

Thank you for your time.