default_image

7 months ago

May 18, 2025

उद्घाटन खेलमा न्यु होराइजन विजयी

320 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप विधालयस्तरिय क्रिकेट प्रतियोगिता आइतवार सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल न्यु होराईजनले गार्गी एकेडेमीलाई १ सय ११ रनले हराएको छ। शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजनले टस जितेर पहिले ब्याटिङ गर्दै १४.३ ओभरमा १ सय ४६ रन बनाएको थियो ।

न्यु होराइजनका सिद्धार्थ ढकालले ५२ रनको अर्ध शतकीय इनिङ खेले। अमिर ठकुरीले २०, प्रिन्स पालले १६, संगम पाण्डेले १३ रन बनाए । गार्गीका शिभ्य दलार्मीले ३ तथा अप्सोन जिसी र आयुष कार्कीले समान २ विकेट लिए ।

जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको गार्गी ७ ओभरमा मात्र ३५ रनमा अलआउट भयो ।

गार्गीलाई सस्तैमा अल आउट गर्ने क्रममा न्यु होराइजनका २ खेलाडी प्रिन्स पाल र सुभम पाण्डेले ह्याट्रिक गरेका छन् । गार्मीका अप्सोन विक्रम जिसीले २७ रन बनाए। ८ खेलाडी शुन्यमा आउट भए ।

बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुर क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको नगरप्रमुख खेलराज पाण्डेले उद्दघाटन गरे ।

जेठ ९ गते सम्म सन्चालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ विद्यालयले भाग लिएका छन् । जसमा समुह एमा न्यु होराइजन, गार्गीसहित कालिका मावि,नवरत्न मावि, इन्टेलेक्चुअल एकेडेमी, दीप बोर्डिङ स्कुल, बुटवल इलिट, इडन इंग्लिस बोर्डिङ र गणेश ज्ञान ज्योती पब्लिक छन् ।

समूह बीमा एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल, बुटवल ग्लोरी, मोतिपुर मावि, कानित मावि, अमर मावि, नविन औद्योगिक मावि, नयाँगाउँ मावि र समित इंग्लिस बोर्डिङ छन् ।

प्रतियोगिताले विजेता ५० हजार र दोस्रो टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सरोज सिहंले बताए ।

प्रतियोगिताकि म्यान अफ द सिरिजले ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याटेले समान ५ हजार रुपैया प्राप्त गर्नेछ। प्रतियोगिता नेपाल क्रिकेट संघ(क्यान) रुपन्देहीको प्राविधिक समन्वयमा सञ्चालन गरिएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.