7 months ago
May 26, 2025
सुमन अधिकारी, बुटवल
प्यारामाउण्ट क्रिकेट कमिटिको आयोजनामा यसै महिना प्यारामाउण्ट क्रिकेट लिग २०८२ हुने लागेको हो ।
रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेको प्यारामाउण्ट बोर्डिङ हाई स्कुलअन्तर्गत कमिटीले विद्यालयस्तरीय क्रिकेट लिग आयोजना गर्न लागेको हो । लिग जेठ २६ गते सुरु हुनेछ ।
लिग लागि खेलाडीको अक्सन हुने बताइएको छ।विद्यालयस्तरीय क्रिकेटका लागि अक्सन नेपालमै हुन लागेको आयोजकले सोमवार पत्रकार सम्मेलनमा दाबी गरेको छ ।
नेपाली राष्ट्रिय पुरुष टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले नेपालमै विद्यालय तहबाट क्रिकेटको विकास र खेलाडीको पहिचान गर्ने उद्देश्यले अक्सनसहितको लिग गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले यो कदमले नेपाली क्रिकेटमा नयाँ तरंग ल्याउने बताए ।
भैरहवास्थित सिद्घार्थनगर क्रिकेट रंगशालामा लिग जेठ २६ गतेदेखि २९ गतेसम्म आयोजना हुनेछ ।प्रतियोगितामा सहभागी ४ टोली र मार्की खेलाडीको पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।

लिगमा प्यारामाउण्ट बोल्ड, प्यारामाउट गोर्खाज, प्यारामाउण्ट किङ्ग तथा प्यारामाउण्ट रोयलले प्रतिस्पर्धा गर्नेछन्। सबैले एक अर्कासँग खेलपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।
प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाबाट २ सय विधार्थी खेलाडीले नाम दर्ता गरेको उल्लेख गर्दै जेठ १६ गते साँझ खेलाडीको अन्तिम सुचि तयार पारिने बताइएको। त्यस्तै जेठ १७ गते अक्सन गरिने खेल संयोजक सुरज बस्यालले बताए ।
अक्सनमा खेलाडीको मुल्य न्युनत्तम १ हजार र अधिकतम ४ हजार रुपैयाँ सम्म तोकिएको छ। छनोट हुने खेलाडीलाई जेठ २० गतेदेखि २४ गतेसम्म बन्द प्रशिक्षणमा राखिने जनाइएको छ ।
खेलाडीलाई दुई समूहमा विभाजन गरि अक्सन गरिने बताइएको छ। एउटा समूहमा आयोजक प्यामाउण्टका कक्षा ६ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी तथा अर्को समुहमा अन्य कुनै पनि विद्यालयका विद्यार्थी रहने छन् ।
अक्सनका क्रममा आयोजक विद्यालयभन्दा बाहिरबाट ६ खेलाडी किन्न सकिने छ । प्रत्येक टिमले १५ जना खेलाडी किन्न सक्नेछन् ।
प्रतियोगिताको विजेता टोली १५ हजार र दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्ने प्यारामाउण्ट क्रिकेट कमिटिका अध्यक्ष गोपाल ज्ञवालीले बताए । प्लेयर अफ टुर्नामेन्टलाई १ हजार ५ सय तथा उत्कृष्ट ब्याटर र बलरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद सापकोटाले शिक्षासंगै खेलकुदमा समेत आफ्नो सक्रियता बढाएको बताए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]