6 months ago
May 26, 2025
सुमन अधिकारी, बुटवल
प्यारामाउण्ट क्रिकेट कमिटिको आयोजनामा यसै महिना प्यारामाउण्ट क्रिकेट लिग २०८२ हुने लागेको हो ।
रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेको प्यारामाउण्ट बोर्डिङ हाई स्कुलअन्तर्गत कमिटीले विद्यालयस्तरीय क्रिकेट लिग आयोजना गर्न लागेको हो । लिग जेठ २६ गते सुरु हुनेछ ।
लिग लागि खेलाडीको अक्सन हुने बताइएको छ।विद्यालयस्तरीय क्रिकेटका लागि अक्सन नेपालमै हुन लागेको आयोजकले सोमवार पत्रकार सम्मेलनमा दाबी गरेको छ ।
नेपाली राष्ट्रिय पुरुष टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले नेपालमै विद्यालय तहबाट क्रिकेटको विकास र खेलाडीको पहिचान गर्ने उद्देश्यले अक्सनसहितको लिग गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले यो कदमले नेपाली क्रिकेटमा नयाँ तरंग ल्याउने बताए ।
भैरहवास्थित सिद्घार्थनगर क्रिकेट रंगशालामा लिग जेठ २६ गतेदेखि २९ गतेसम्म आयोजना हुनेछ ।प्रतियोगितामा सहभागी ४ टोली र मार्की खेलाडीको पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।

लिगमा प्यारामाउण्ट बोल्ड, प्यारामाउट गोर्खाज, प्यारामाउण्ट किङ्ग तथा प्यारामाउण्ट रोयलले प्रतिस्पर्धा गर्नेछन्। सबैले एक अर्कासँग खेलपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।
प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाबाट २ सय विधार्थी खेलाडीले नाम दर्ता गरेको उल्लेख गर्दै जेठ १६ गते साँझ खेलाडीको अन्तिम सुचि तयार पारिने बताइएको। त्यस्तै जेठ १७ गते अक्सन गरिने खेल संयोजक सुरज बस्यालले बताए ।
अक्सनमा खेलाडीको मुल्य न्युनत्तम १ हजार र अधिकतम ४ हजार रुपैयाँ सम्म तोकिएको छ। छनोट हुने खेलाडीलाई जेठ २० गतेदेखि २४ गतेसम्म बन्द प्रशिक्षणमा राखिने जनाइएको छ ।
खेलाडीलाई दुई समूहमा विभाजन गरि अक्सन गरिने बताइएको छ। एउटा समूहमा आयोजक प्यामाउण्टका कक्षा ६ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी तथा अर्को समुहमा अन्य कुनै पनि विद्यालयका विद्यार्थी रहने छन् ।
अक्सनका क्रममा आयोजक विद्यालयभन्दा बाहिरबाट ६ खेलाडी किन्न सकिने छ । प्रत्येक टिमले १५ जना खेलाडी किन्न सक्नेछन् ।
प्रतियोगिताको विजेता टोली १५ हजार र दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्ने प्यारामाउण्ट क्रिकेट कमिटिका अध्यक्ष गोपाल ज्ञवालीले बताए । प्लेयर अफ टुर्नामेन्टलाई १ हजार ५ सय तथा उत्कृष्ट ब्याटर र बलरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद सापकोटाले शिक्षासंगै खेलकुदमा समेत आफ्नो सक्रियता बढाएको बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]