7 months ago
May 28, 2025
एजेन्सी – अमेरिकाले विश्व कप लिग टुको खेलमा ओमानमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
अमेरिकाको फ्लोरिडामा बुधवार बिहान भएको खेलमा अमेरिकाले ओमानलाई ९ रनले हराएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन मात्र बनायो ।
अन्तिम ओभरमा ओमानलाई जितका लागि १४ रन आवश्यक रहँदा अमेरिकाका बलर जसदिप सिंहले ४ रन मात्र खर्चिएका थिए । ओमानका लागि सुफ्यान मुहम्मद र हमिद मिर्जाले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
मुहम्मदले ५१ बलको सामना गर्दै ५ चौका र ३ छक्काको सहयोगमा ७२ रन जोडे । मिर्जाले ५२ बलमा ७ चौकाको सहयोगमा ५० रन बनाए ।
विनायक शुक्ला ३७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रन थपे । कप्तान जतिन्दर सिंह ४२, मुजिबुर अलि १९, मोहम्मद नदिम १४ तथा हसनैन साह ११ रनमा आउट भए ।
अमेरिकाका जसदिप सिंह र हर्मित सिंहले समान ३ तथा सौरभ नेत्राभाल्कर र मिलान्ड कुमारले समान १ विकेट लिए ।
त्यसअघि पाहुना टोली ओमानले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रन बनायो ।
घरेलु टोलीका साईतेजा मुकामुल्लाले ७९ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७३ रन जोडे ।
ओपनर स्मिथ पटेल ४७ बलमा ५ चौकाको सहयोगमा ४१ रन बनाए । सायन जाहाङ्गिर ३७, हर्मित सिंह ३३ तथा कप्तान मोनाक पटेल २६ रनमा आउट हुँदा संजय कृष्णमुर्ती ४० रनमा नट आउट रहे ।
ओमानका सुफ्यान मुहम्मदले ३, अमिर कलिम र सकिल अहमदले समान २ तथा समय श्रीवास्तवले १ विकेट लिए ।
जितसँगै ८ टोली सहभागी लिग टुमा अमेरिका २० खेलमा २८ अंकका साथ शीर्ष स्थानमा यथावत छ । ओमान समान खेलमा २४ अंकका साथ तेस्रो स्थानमा छ ।
लिग टु मा रहेको नेपाल अंक तालिकामा पुछारमा छ । लिग टु मा नेपालले आफ्नो चौथो राउण्ड खेल स्कटल्याण्डमा सोमवारबाट सुरु गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]