default_image

7 months ago

June 1, 2025

पन्जाबले टस जित्यो

878 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पन्जाब किंग्सले टस जितेको छ।

मुम्बई इन्डियन्ससँगको खेलमा पन्जाबका कप्तान श्रेयस एय्यरले टस जितेर फिल्डिङ रोजेका छन् । अब मुम्बईले पहिला ब्याटिङ गर्नेछ।

पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग पराजित पन्जाबले इलिमिनेटरको विजेता मुम्बईको सामना गर्न लागेको हो । इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बईले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो ।

यो सिजनमा मुम्बई र पञ्जाबले १ पटक खेलेका छन् । त्यसमा पञ्जाब ७ विकेटले विजयी भएको थियो ।

मुम्बई र पञ्जाब आइपिएलको इतिहासमा यसअघि ३३ पटक आमनेसामने भएका छन् । जसमा मुम्बई १७ पटक र पञ्जाब १५ खेलमा विजयी भएको छ । १ खेल बराबरीमा सकिएको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.