6 months ago
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीको पनि सहभागीता रहने एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको दोस्रो संस्करण स्थगित गरिएको छ ।
एसियाली क्रिकेट परिषद्(एसिसी) ले सोमबार घोषणा गर्दै प्रतियोगिता आयोजना हुने श्रीलंकाको प्रतिकूल मौसम र स्वास्थ्य अवस्था कारण देखाउँदै प्रतियोगिता केही समयको लागि स्थगन गरेको हो । प्रतियोगिता आगामी जुन ६ देखि श्रीलंकामा सुरु हुने तय भएको थियो ।
‘यो प्रतियोगिताले एसियामा महिला क्रिकेटको भविष्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ । युवा महिला क्रिकेटरहरूलाई सुरक्षित र प्रतिस्पर्धात्मक प्लेटफर्म विकास गर्न सुनिश्चित गर्न हाम्रो प्रतिबद्धता छ,’ एसीसीका अध्यक्ष मोहसिन नक्वीले एक विज्ञप्तिमा भने।
एसीसीले नयाँ तालिका चाँडै नै सार्वजनिक गरिने बताएको छ । पहिलो संस्करणको प्रतियोगिता २०२३ मा हङकङमा आयोजना भएको थियो । जसमा भारत ‘ए’ ले फाइनलमा बंगलादेश ‘ए’ लाई ३१ रनले हराउँदै च्याम्पियन बनेको थियो ।
पहिलो संस्करणमा भारत ‘ए’, बंगलादेश ‘ए’, पाकिस्तान ‘ए’, श्रीलंका ‘ए’, संयुक्त अरब इमिरेट्स, नेपाल, आयोजक हङकङ र मलेसियाको सहभागिता थियो।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]