7 months ago
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीको पनि सहभागीता रहने एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको दोस्रो संस्करण स्थगित गरिएको छ ।
एसियाली क्रिकेट परिषद्(एसिसी) ले सोमबार घोषणा गर्दै प्रतियोगिता आयोजना हुने श्रीलंकाको प्रतिकूल मौसम र स्वास्थ्य अवस्था कारण देखाउँदै प्रतियोगिता केही समयको लागि स्थगन गरेको हो । प्रतियोगिता आगामी जुन ६ देखि श्रीलंकामा सुरु हुने तय भएको थियो ।
‘यो प्रतियोगिताले एसियामा महिला क्रिकेटको भविष्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ । युवा महिला क्रिकेटरहरूलाई सुरक्षित र प्रतिस्पर्धात्मक प्लेटफर्म विकास गर्न सुनिश्चित गर्न हाम्रो प्रतिबद्धता छ,’ एसीसीका अध्यक्ष मोहसिन नक्वीले एक विज्ञप्तिमा भने।
एसीसीले नयाँ तालिका चाँडै नै सार्वजनिक गरिने बताएको छ । पहिलो संस्करणको प्रतियोगिता २०२३ मा हङकङमा आयोजना भएको थियो । जसमा भारत ‘ए’ ले फाइनलमा बंगलादेश ‘ए’ लाई ३१ रनले हराउँदै च्याम्पियन बनेको थियो ।
पहिलो संस्करणमा भारत ‘ए’, बंगलादेश ‘ए’, पाकिस्तान ‘ए’, श्रीलंका ‘ए’, संयुक्त अरब इमिरेट्स, नेपाल, आयोजक हङकङ र मलेसियाको सहभागिता थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]