7 months ago
June 2, 2025
एजेन्सी – दक्षिण अफ्रिकी विकेटकिपर-ब्याटर हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
क्लासेनले मंगलबार सामाजिक संजालमार्फत सन्यासको घोषणा गरेको क्रिकेट दक्षिण अफ्रिकाले पुष्टि गरेको छ । दक्षिण अफ्रिकी जर्सीमा क्लासेनले लागि ४ अन्तर्राष्ट्रिय शतक बनाएका छन् । उनले दक्षिण अफ्रिकाका लागि २ हजार १ सय ४१ रन, १ हजार टि ट्वान्टी आई र १ सय ४ टेस्ट रन बनाएका छन्।
“अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको घोषणा गर्दा यो मेरो लागि दुखद दिन हो,” क्लासेनले इन्स्टाग्राममा लेखेका छन् । “भविष्यको लागि मेरो र मेरो परिवारको लागि के उत्तम छ भन्ने निर्णय गर्न मलाई धेरै समय लाग्यो,” उनले थपेका छन् ।
यो निर्णयको प्रमुख कारण भनेको आफ्नो परिवारसँग बढी समय बिताउनु रहेको उनले लेखेका छन् । हेनरिक क्लासेनले फेब्रुअरी २०१८ मा केप टाउनमा भारत विरुद्धको ओडिआईमार्फत आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।
विगत चार वर्षमा, उनी ओडिआई तथा टि ट्वान्टी दुवैको लागि मध्यक्रममा सबैभन्दा धेरै स्ट्राइक रेट भएका ब्याटरमा पर्दथे । यसले विश्वभरका टि ट्वान्टी लिगहरूमा उनले छुट्टै स्थान बनाएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]