7 months ago
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डको तेस्रो विकेट पतन भएको छ ।
स्कटल्याण्डको तेस्रो विकेट नेपालका तीव्र गतिका बलर करण केसीले दिलाएका हुन् । करणले स्कटल्याण्डको ८० रन बनाएर खेलि रहेका चाल्र्स टेयर्सलाई विकेट किपर आसिफ शेखबाट स्टम्पिङ आउट गराएका हुन् ।
टेयर्स नेपालका लागि खतरा बनिरहेका थिए । उनले कप्तान रिची बेरिङ्टनसँग मिलेर ७९ रनको साझेदारी गरी सकेका थिए ।
यसअघि नेपाललाई दाेस्राे सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाएका थिए । सोमपालले ३१ बलमा १९ रनमा खेलिरहेका ब्रान्डन मकमुलनलाई बासिर अहमदबाट क्याच गराएका थिए ।
पहिलो विकेटका रुपमा स्कटल्याण्डले ओपनर जर्ज मुन्सीलाई रिजन ढकालको बलमा १२ रनमा गुमाएको थियो । मुन्सी लामो सटको प्रयासमा सोमपाल कामीबाट समातिएका थिए ।
अहिले स्कटल्याण्डले २६ ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन बनाएको छ । नेपालले टस जितेर बलिङ गरिरहेको छ । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र स्कटल्याण्डको अलावा नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]