7 months ago
June 3, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र पञ्जाब किंग्स आज भिड्दै छन् ।
पञ्जाब र आरसिबीबीचको फाइनल खेल नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
लिग चरणमा पन्जाब पहिलो र आरसिबी दोस्रो स्थानमा रहेका थिए । पञ्जाब र आरसिबीले पहिलो क्वालिफायर खेलेका थिए । पहिलो क्वालिफायरमा पञ्जाबलाई हराउँदै आरसिबीले फाइनलमा पुगेको थियो ।
फाइनल प्रवेशका लागि दोस्रो अवसर पाएको पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसिबीसँगको भेट पक्का गरेको थियो।
आइपिएलको जारी १८औं संस्करणमा आरसिबी र पञ्जाबबीच यो चौथो भेट हो । यसअघिका ३ भेटमा २ पटक आरसिबी र १ पटक पञ्जाब विजयी भएको थियो ।
पञ्जाब र आरसिबी जो जितेपनि पहिलो पटक च्याम्पियन बन्नेछ । यसअघि ७ टोलीले आइपिएल जितेको छ।
आरसिबी चौथो पटक फाइनल खेल्दैछ । यसअघि फाइनलमा सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, २०११ मा चेन्नई सुपर किंग्ससँग र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।
आरसिबीले पछिल्लो फाइनल खेलेका विराट कोहली मात्र अहिलेको टोलीमा छन् । पञ्जाब दोस्रो पटक फाइनलमा खेल्दैछ। २०१४ को फाइनलमा पञ्जाबलाई कोलकाता नाइटराइडर्सले हराएको थियो । त्यो फाइनल खेलेका कुनै खेलाडी पनि खेलाडी अहिले पञ्जाब टोलीमा छैनन् ।
आरसिबी र पञ्जाबबीच हालसम्म ३६ खेल भएको छ । पञ्जाब र आरसिबी समान १८ खेलमा विजयी भएको छ। नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आरसिबी र पञ्जाबबीच यसअघि १ खेल भएको थियो । २०२१ मा भएको त्यो खेलमा पञ्जाब ३४ रनले विजयी भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]