7 months ago
June 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रौनक श्रीवास्तवको दोहोरो शतकको सहयोगमा लुम्बिनी प्रदेशले टि बी साह यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको आफ्नो पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जित हासिल गरेको हो । ४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी २८.२ ओभरमा ७१ रनमा समेटियो ।
गण्डकीका लागि अनिश राउत ६३ बलमा अविजित २२ रनमा आउट भए । प्रतिक रावलले १४ रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका ५ ब्याटरले रनको खाता नै खोल्न सकेनन् ।
लुम्बिनीका लागि शुभम खनाले ८ ओभरमा ९ रन खर्चिएर ५ विकेट लिए । पहिलो इनिङमा दोहोरो शतक बनाएका रौनकले २ लक्ष्मण कुमाल र शोयब हसनले समान १ विकेट लिए ।
त्यसअघि सुर्खेतमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४५.४ ओभरमा अल आउट हुदै ४ सय ३ रनको वलियो योगफल तयार गरेको हो । लुम्बिनीका लागि रौनकले दोहोरो शतक बनाए । उनले १ सय १७ बलमा १६ चौका र १६ छक्काको सहयोगमा २ सय १७ जोडे ।
लक्ष्मण कुमाल ७३ बलमा ६ चौकाको सहयोगमा ६० रनमा आउट भए । आरिफ खान २५, शुभम खनाल र कप्तान समिर अलि समान १७ रनमा आउट हुँदा चन्द्र थापा १० रनमा अविजित रहे ।
गण्डकीका लागि करण गैरेले ३, राज परियारले २ तथा अनिश राउत, सैलेश काफ्ले, कप्तान सुप्रिम सुनार, सुजन अर्याल र रिदम पाण्डेले समान १ विकेट लिए ।
पहिलो खेलमै जित निकालेको लुम्बिनी २ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेल हारबाट सुरुवात गरेको गण्डकी अंक बिहिन रहेको छ ।
सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा सात प्रदेश सहभागी हुनेछन् । लिग चरणको खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल जेठ ३१ गते हुनेछ ।
यस प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]