default_image

6 months ago

June 4, 2025

इङ्ग्ल्याण्डद्वारा ओडिआई सिरिजमा क्लिन स्विप

320 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले वेस्ट इण्डिजविरुद्धको ओडिआई सिरिजमा क्लिन स्विप गरेको छ ।

मंगलबार सम्पन्न तेस्रो ओडिआई खेलमा ७ विकेटको जित निकाल्दै घरेलु टोली टोलीले सिरिजमा क्लिन स्विप गरेको हो । इङ्ग्ल्याण्डले पहिलो खेल २ सय ३८ तथा दोस्रो खेल ३ विकेटले जितेको थियो ।

२ सय ५२ रनको लक्ष्य इङ्ग्ल्याण्डले २९.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पहिलो इनिङका क्रममा पानी परेपछि खेल ४० ओभरमा घटाइएको थियो । इङ्ग्ल्याण्डको जितमा ओपनर जेमी स्मिथले २८ बलमा १० चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेल्दै आउट भए ।

अर्का ओपनर बेन डकेटले ४६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५८ रन जोडे । जो रुट ४९ बलमा १ चौकाको सहयोगमा ४४ रनमा आउट भए । कप्तान ह्यारी ब्रुक ३६ बलमा २६ तथा जोस बटलर २० बलमा ४१ रनमा नट आउट रहे ।

वेस्ट इण्डिजका लागि रोस्टन चेज, अल्जारी जोसेफ र गुणकेश मोटीले समान १ विकेट लिए । त्यसअघि लण्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ५१ रनको योगफल तयार गर्यो ।

वेस्ट इण्डिजका लागि शरफन रादरफोर्ड ७१ बलमा ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७० रन जोड्दै आउट भए । गुणकेश मोटी ५४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६३ रनमा आउट भए ।

अल्जारी जोसेफ २९ बलमा ४१, केसी कार्टी ३५ बलमा २९, ओपनर ब्राण्डन किग १६ तथा जस्टिन ग्रेभ्स १२ रनमा आउट भए ।

इङ्ग्ल्याण्डका लागि आदिल राशिदले ३ तथा म्याथ्यु पोट, सकिब मोहम्मद र बायडन कार्सले समान २ विकेट लिए । दुई देशबीच आगामी शुक्रबारबाट ३ खेलको टि ट्वान्टी आई सिरिज सुरु हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.