default_image

6 months ago

June 6, 2025

आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता

1123 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको ‌विजयउत्सवका लागि बुधवार आयोजित कार्यक्रममा भागदौड हुँदा ११ जनाको मृत्यु भएको थियो।

भागदौडमा अन्य धेरै जना घाइते भएकोमा बेंगलुरु प्रहरीले आरसिबी फ्रेन्चाइज टोलीविरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको हो ।

एफआईआरमा प्रहरीले चिन्नास्वामी स्टेडियममा कार्यक्रम सञ्चालन गर्न आरसिबीलाई अनुमति नदिएको दाबी गरेको छ । जुन स्टेडियम वरिपरि भागदौड भएको थियो । जसले गर्दा धेरैको ज्यान गुम्यो ।

आरसिबीलाई एफआईआरमा पहिलो अभियुक्तको रुपमा राखिएको छ । साथै फ्रेन्चाइजको कार्यक्रम साझेदार डिएनए इन्टरटेनमेन्ट र चिन्नास्वामी स्टेडियमको जिम्मेवारी रहेको कर्नाटक राज्य क्रिकेट संघ (केएससिए) लाई पनि त्यसमा समावेश गरिएको छ ।

कब्बन पार्क डिभिजनका प्रहरी निरीक्षक गिरीश एकेको उजुरीको आधारमा एफआईआर दर्ता गरिएको बताइएको छ। उजुरीमा भारतीय न्याय संहिताको छ वटा धाराहरू उल्लेख गरिएको छ ।

‘कुनै पनि आधिकारिक अनुमति बिना जुन ४ मा आरसीबीले आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा आफ्नो उत्सव र विजय परेडको घोषणा गर्‍यो । प्रशंसकहरूलाई सामेल हुन आमन्त्रित गरेको,’ बेंगलुरु प्रहरीले एफआईआरमा दाबी गरेको छ ।

‘टिभी च्यानलहरू र सामाजिक सञ्जालमा यो खबर फैलिएपछि, हाम्रा वरिष्ठ अधिकारीहरूलाई जानकारी गरायौं र सुरक्षा र आवश्यक व्यवस्थाको लागि अनुरोध गर्‍यौं । बिहान ९:०० बजे, उच्च अधिकारीहरूबाट अनुमति लिएर शहरका प्रहरी कर्मचारीहरूलाई तत्कालै बोलाएर सुरक्षा व्यवस्था मिलाइयो । सम्मान समारोहको लागि आरसिबी खेलाडीको लागि सुरक्षा व्यवस्था मिलाइएको थियो,’ उजुरीमा भनिएको छ।

‘साँझ ५:३० बजेतिर, विजय परेड चिन्नास्वामी स्टेडियम तर्फ सुरु भयो । प्रहरीले स्टेडियममा सुरक्षा प्रदान गर्‍यो, तर केएससिए, आरसिबी र डिएनएले भीडलाई कसरी भित्र जान दिने भनेर योजना बनाउन सकेनन् ,’ प्रहरीको आरोप छ।

‘स्टेडियममा ३० हजार देखि ३५ हजार मानिसहरू मात्र अटाउँछन्, तर लाखौं प्रशंसकहरू बाहिर जम्मा भएका थिए। दिउँसो ३:१० बजे, ढोकाहरू खोलियो, र अराजकता मच्चियो। भागदौड मच्चियो। प्रहरी अधिकारीहरू र भिआईपी सुरक्षाकर्मीहरूले घाइतेहरूलाई उद्धार गर्न र उपचारको लागि पठाउन संघर्ष गरे। दुःखको कुरा, ११ जनाको मृत्यु भयो, धेरै घाइते भए, र प्रहरीले बाँकी भीडलाई बाहिर तितरबितर पार्नु पर्यो।

‘कार्यक्रम साँझ ५:४५ बजे सुरु भयो र थप समस्या बिना नै सम्पन्न भयो । प्रहरीको अनुमति बिना उत्सव मनाउन अगाडि बढे र भीडलाई कसरी नियन्त्रण गर्ने वा सुरक्षा सावधानी अपनाउने योजना बनाउन असफल भए। आरसिबीको सामाजिक सञ्जालहरूले स्टेडियमका ढोकाहरूमा निःशुल्क प्रवेश पासहरूको बारेमा पोस्ट गरेपछि स्थिति बिग्रियो।

‘आरसिबीले पासहरू कसरी वितरण गरिनेछ भन्ने बारेमा प्रहरीलाई जानकारी दिएन । यसले बाहिर पर्खिरहेका लाखौं प्रशंसकहरूमा भ्रम सिर्जना गर्‍यो, जसले गर्दा भीडभाड भयो र भागदौड मच्चियो । जसमा ११ जनाको मृत्यु भयो, ६४ जना घाइते भए (प्रहरी अधिकारीहरू सहित), र धेरै सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो’, एफआईआरमा उल्लेख गरिएको छ ।

छानबिन गर्न समिति गठन गर्ने घोषणा गर्दै पत्रकार सम्मेलनमा कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले एफआइआरमा नाम उल्लेख गरिएका सबै पक्षका प्रतिनिधिहरूलाई पक्राउ गर्न निर्देशन दिए । उनले भागदौड भएको क्षेत्रहरूको क्षेत्राधिकार रहेको कब्बन पार्क प्रहरी चौकीका निरीक्षकलाई निलम्बन गर्न पनि आदेश दिए ।

राज्य सरकार र आरसिबीले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए । साथै घाइतेहरूको सबै चिकित्सा खर्च बेहोर्ने घोषणा गरेका थिए । सरकारले कुनै पनि प्रकारको सार्वजनिक जमघट, बैठक र उत्सवको राम्रो नियमनको लागि नयाँ सञ्चालन प्रक्रिया जारी गर्ने विचार पनि गरिरहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.