default_image

6 months ago

June 6, 2025

सुशीलको ५ विकेटमा सुदूरपश्चिमको पहिलो जित

512 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सुशील रावलको ५ विकेट सहयोगमा सुदूरपश्चिम प्रदेशले टिबी साह मेमोरियल यु-१६ क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

तेस्रो खेलमा पहिलो जित हासिल गर्ने क्रममा शुक्रवार सुदूरपश्चिमले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्यो । मधेशले दिएको ८७ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमको जितमा विक्रम बोहोरा ३१ बलमा ४ चौका २ छक्काको सहयोगमा सर्वाधिक ४३ रनमा आउट भए । आयुष चन्दले ४६ बलमा ६ चौकाको सहयोगमा ३४ रन जोडे । रविन भण्डारी ४ रनमा अविजित रहे ।

मधेशका लागि नुमैर अहमद र शेख अम्रानले समान १ विकेट लिए । त्यसअघि विरेन्द्रनगर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले १८.१ ओभरमा ८६ रनमा अल आउट भयो ।

मधेशका लागि राजिभ कुमार सदाले १६ बलमा ३ चौकाको सहयोगमा अविजित २० रन जोडे । कप्तान परिमर्जन यादव ११ तथा नुमैर १० रनमा आउट भए । सुदूरपश्चिमका लागि सुसिलले ७ ओभरमा ३४ रन खर्चिएर ५ विकेट लिए ।

कप्तान सचिन भट्टले ३ तथा रितेश बिष्टले २ विकेट लिए । पहिलो २ खेलमा पराजित सुदूरपश्चिम २ अंकमा रहेको छ । पहिलो २ खेल जितेको मधेश ४ अंकमा रहेको छ ।

सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छ । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।

यो प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.