6 months ago
June 7, 2025
एजेन्सी – आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई हराएको छ ।
स्कटल्याण्डको डन्डीमा लगातार दोस्रो हार बेहोर्ने क्रममा नेदरल्याण्ड्स शुक्रबार घरेलु टोलीसँग ४४ रनले पराजित भयो । नेदरल्याण्ड्स सिरिजको पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । २ सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४५ ओभरमा २ सय १८ रन मात्र बनाउँन सक्यो ।
ओपनर माइकल लेभिटले ५२ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५ रन जोडे । रोलेफ भान डर मिर्वो ३० रनमा अविजित रहे । नोहा क्रस २६, कप्तान म्याक्स ओ डाउड २३, पल भान मिकरेन १९, तेजा निदामानिरु १७ तथा जान लायोन र विस्ली बारेसी समान १३ रनमा आउट भए ।
स्कटल्याण्डका लागि ब्रेण्डन मकमलेनले ३, सफियान सरिफ, मार्क वाट र जस्पिर डेविनसनले समान २ तथा माइकल लिक्सले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रनको योगफल तयार गरेको थियो ।
स्कटल्याण्डका लागि फिन्ले म्यार्किथ र मार्क वाटले अर्धशतक बनाएका थिए । म्यार्किथले १ सय ६ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ८१ रन जोडे । वाट ७२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६० रनमा आउट भए ।
ओपनर जर्ज मुन्से २६ रनमा आउट हुँदा सफियान सरिफ ३६ रनमा नट आउट रहे । नेदरल्याण्ड्सका लागि काइल क्लेनले ३, आर्यन दत्त र भान मिर्वेले समान २ तथा जान लायन र भान मेकरेनले समान १ विकेट लिए ।
८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । पराजित नेदरल्याण्ड्स २२ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ । नेपाल भने १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
त्रिकोणात्मक सिरिजमा रहेको नेपालको तेस्रो खेल आइतबार रहेको छ । आइतबार नेपालले स्कटल्याण्डको सामना गर्नेछ । सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार नेदरल्याण्ड्सकाे सामना गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]