default_image

6 months ago

June 7, 2025

रविनको ५ विकेटमा कोशीको तेस्रो जित

723 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – रविन मण्डलको ५ विकेटको सहयोगमा कोशी प्रदेशले टिबी साह यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ ।

कोशीले शनिवार गण्डकी प्रदेशलाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्यो । २ सय ५७ रनको लक्ष्य पछ्याएको गण्डकी २२.४ ओभरमा ८५ रनमा समेटियो ।

गण्डकीका लागि ओपनर विनय कार्कीले सर्वाधिक १६ रन जोडे । भुवन भट्टराई १४ र सुप्रिम सुनार १२ रनमा आउट भए ।

कोशीका रविनले ७.४ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए । सुगम बुढाथोकीले ३ , सुयोग भट्टराई र कविराज खत्रीले समान १ विकेट लिए ।

कालिञ्चोक क्रिकेट मैदान सुर्खेतमा त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन बनायो ।

कोशीका लागि सुगम बुढाथोकी ७५ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित रहदै सर्वाधिक ६८ रन जोडे । रविन मण्डल र अफान ताहिरले समान ३९ तथा सकुशल श्रेष्ठ ३० रनमा आउट भए ।

गण्डकीका लागि सुशिल भट्टराईले ५ तथा रिदम पाण्डे र अनिश राउतले समान २ विकेट लिए ।

जितसँगै कोशीले ४ खेलमा ३ जितका साथ ६ अंक बटुलेको छ । पराजित गण्डकी भने लगातार तेस्रो हारका अंकबिहिन रहेको छ ।

सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छ । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।

यो प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.