6 months ago
June 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले टिबी साह यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ ।
बागमतीले शनिवार मधेश प्रदेशलाई ३७ रनको अन्तरले पराजित गर्यो । २ सय ४९ रनको लक्ष्य पछ्याएको मधेश ३६.४ ओभरमा २ सय ११ रनमा समेटियो ।
मधेशका लागि प्रमञ्जन यादवले २६ बलमा सर्वाधिक ३५ रन जोडे । आयन मुखिया ३३, सुशान्त सिंह १६, रुपेश यादव १८, शेख अम्रानले १६ तथा सलमान अलि १३ रनमा आउट भए ।
बागमतीका लागि कप्तान प्रसिद्ध जैशी, रोहित ठाकुर, सुसिल साउद तथा शिवशक्ति महतोले समान २ तथा राजेश बोहोराले १ विकेट लिए ।
विरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमती ४६.५ ओभरमा २ सय ४८ रन बनायो ।
बागमतीका आशिष गुप्ता ७८ बलमा ५ चौकाको सहयोगमा ५३ रन बनाए । ओपनर सुर्याशुं कोइरालाले ३० बलमा ६ चौका र ३ छक्काको सहयोगमा ४९ रन जोडे। राजेश बोहोराले ५१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४६ रन जोडे ।
शिवशक्ति महतो ४६ बलमा ३ चौकाको सहयोगमा २२ रनमा आउट भए । कप्तान प्रसिद्ध जैशी र जोय थापाले समान १२ रनमा आउट भए ।
अभय यादवले ८.५ ओभरमा ४२ रनमा खर्चिएर ५ विकेट लिए । रोहन यादवले २ तथा नुमेरु अहमद, शेख अम्रान र राजिवकुमार सदाले समान १ विकेट लिए ।
बागमती ३ खेलमा २ जितका साथ तेस्रो स्थानमा छ । सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छन् । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।
यो प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]