default_image

6 months ago

June 16, 2025

पाँचपोखरी र मेलम्ची संयुक्त विजेता

453 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको संयुक्त विजेता घोषित भएका छन् ।

टियु क्रिकेट मैदानमा भएको फाइनल खेल वर्षाका कारण प्रभावित हुँदा खेल सम्पन्न हुन सकेन । वर्षा बाधक बन्दा पहिलो ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लब १७.४ ओभरमा १३३/१ को स्थितिमा रहँदा खेल रोकिएको थियो । त्यसपछि खेल सुचारु नहुँदा दुवै टोलीले उपाधि बाँडेका हुन् ।

दुवै टोलीले ७५-७५ हजार रुपैयाँ पुरस्कार बाँडे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मेलम्चीका रिन्जिन लामा घोषित भए । उनलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ ।

उत्कृष्ट ब्याटर द माइटि साँगाचोकका अशोक पौडेल र उत्कृष्ट बलर मेलम्चीका सोनु देवकोटा चुनिए । यी दुईले जीएचसिएबाट ३ महिना निशुल्क प्रशिक्षण पाउनेछन् ।

यसबाहेक आयोजकले छनोट गरेका ३ उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले ३-३ महिना प्रशिक्षण सुविधा दिने भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा प्रतियोगिताको सातौं संस्करण टियु क्रिकेट मैदानमा भएको हो । प्रतियोगिताको सुरुवाती ३ संस्करण स्थानीय पाँचपोखरी थाङपाल गाउँपालिकामै भएको थियो भने पछिल्ला ३ संस्करण भने मुलपानी क्रिकेट मैदानमा भएको थियो ।

सिन्धुपाल्चोक जिल्ला क्यानको सदस्यता प्रात गर्न प्रयासरत जिल्ला हो । पछिल्लो ७ वर्षदेखि वर्षेनी यस प्रतियोगिता आयोजना गर्दै आएको संघले क्रिकेटको अन्य गतिविधिलाई पनि स्थानीय स्तरमा बढावा दिँदै आएको छ ।

विगतमा सिन्धुपाल्चोकका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहेपनि यसपटक भने केही लचकता अपनाइएको थियो । यस संस्करणबाट बागमती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेर प्रदेश र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका २ खेलाडीलाई टिममा समावेश गर्न पाइने नियम थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.