6 months ago
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय विकेट पूरा गरेका छन् ।
स्कटल्याण्डविरुद्ध जारी त्रिकोणात्मक सिरिजको खेलमा करणले ओपनर जर्ज मुन्सीलाई पेभेलियन फर्काउँदै सयौं विकेट प्राप्त गरेका हुन् । उनले ८० औं खेलमा यो सफलता प्राप्त गरे । करणले लगत्तै अर्को ओभरमा फिन्ले मक्रिथको विकेट पनि हात पारेका छन् ।
हाल ३३ वर्ष पुगेका करणले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टि२०आई डेब्यु गरेका थिए । उनले त्यसयता लगातार राष्ट्रिय टोलीका लागि मुख्य बलरको भूमिकामा खेल्दै आएका छन् ।
पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पावरप्लेको ६ ओभर सकिँदा ५ विकेट गुमाएर मात्र ३२ रन जोडेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]