default_image

6 months ago

June 17, 2025

टि२०आईमा करणले छोए सय विकेटको कोशेढुंगा

644 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय विकेट पूरा गरेका छन् ।

स्कटल्याण्डविरुद्ध जारी त्रिकोणात्मक सिरिजको खेलमा करणले ओपनर जर्ज मुन्सीलाई पेभेलियन फर्काउँदै सयौं विकेट प्राप्त गरेका हुन् । उनले ८० औं खेलमा यो सफलता प्राप्त गरे । करणले लगत्तै अर्को ओभरमा फिन्ले मक्रिथको विकेट पनि हात पारेका छन् ।

हाल ३३ वर्ष पुगेका करणले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टि२०आई डेब्यु गरेका थिए । उनले त्यसयता लगातार राष्ट्रिय टोलीका लागि मुख्य बलरको भूमिकामा खेल्दै आएका छन् ।

पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पावरप्लेको ६ ओभर सकिँदा ५ विकेट गुमाएर मात्र ३२ रन जोडेको छ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.