6 months ago
June 19, 2025
एजेन्सी – स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आईमा घरेलु टोलीले लगातार दोस्रो हार बेहोरेको छ ।
बुधबार राती सम्पन्न खेलमा आफ्नो तेस्रो खेलमा स्कटल्याण्ड नेदरल्याण्ड्ससँग १७ रनले पराजित भएको हो । स्कटल्याण्ड सिरिजको पहिलो खेलमा विजयी भएपनि त्यसपछिका लगातार दुई खेलमा भने पराजित हुन पुगेको हो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग पराजित भएको थियो ।
१ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन मात्र जोड्न सक्यो ।
स्कटल्याण्डका लागि ब्राण्डन मकमुलनले २७ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
माइकल लिस्क २३ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४६ रनमा आउट भए । ओनपर जर्ज मुन्से २२ बलमा २६, म्याथ्यु क्रस ११ बलमा १३ तथा क्रिस ग्रेभ्स ८ बलमा ११ रन बनाउँदै आउट भए ।
नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले ३, रोइलेफ भान डर मिर्वोले २ तथा आर्यन दत्त र विक्रमजित सिंहले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रनको योगफल तयार गर्यो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले ५७ बलमा ६ चौका र ७ छक्काको सहयोगमा सर्वाधिक ९० रन जोडे ।
कप्तान स्कट एडवार्डस २१ बलमा ३१ तथा म्याक्स ओ डाउड १० बलमा २१ रनमा आउट भए । रायन क्लाइन ९ बलमा २१ रनमा अविजित रहे ।
स्कटल्याण्डका लागि चाल्स कारसेल्स र जस्पर डेविडसन समान २ तथा ब्रेण्डन मकमुलन, मेकान्जि जोन्स र माइकल लिस्कले समान १ विकेट लिए ।
जित पछि ३ खेल खेलेको नेदरल्याण्ड्स ३ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्याण्ड्सले अन्तिम खेलमा बिहिबार नेपालको सामना गर्नेछ ।
पराजित स्कटल्याण्ड समान खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्याण्डले अन्तिम खेलमा शुक्रबार नेपालको सामना गर्नेछ । तिन टोली सहभागी सिरिज डबल राउण्ड रोबिन लिगको आधारमा जारी छ । र, लिगको शीर्ष स्थानमा रहने टोली विजयी हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]