default_image

6 months ago

June 19, 2025

स्कटल्याण्डको लगातार दोस्रो हार

2661 views

0 Bookmark

एजेन्सी – स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आईमा घरेलु टोलीले लगातार दोस्रो हार बेहोरेको छ ।

बुधबार राती सम्पन्न खेलमा आफ्नो तेस्रो खेलमा स्कटल्याण्ड नेदरल्याण्ड्ससँग १७ रनले पराजित भएको हो । स्कटल्याण्ड सिरिजको पहिलो खेलमा विजयी भएपनि त्यसपछिका लगातार दुई खेलमा भने पराजित हुन पुगेको हो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग पराजित भएको थियो ।

१ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन मात्र जोड्न सक्यो ।

स्कटल्याण्डका लागि ब्राण्डन मकमुलनले २७ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

माइकल लिस्क २३ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४६ रनमा आउट भए । ओनपर जर्ज मुन्से २२ बलमा २६, म्याथ्यु क्रस ११ बलमा १३ तथा क्रिस ग्रेभ्स ८ बलमा ११ रन बनाउँदै आउट भए ।

नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले ३, रोइलेफ भान डर मिर्वोले २ तथा आर्यन दत्त र विक्रमजित सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रनको योगफल तयार गर्यो ।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले ५७ बलमा ६ चौका र ७ छक्काको सहयोगमा सर्वाधिक ९० रन जोडे ।

कप्तान स्कट एडवार्डस २१ बलमा ३१ तथा म्याक्स ओ डाउड १० बलमा २१ रनमा आउट भए । रायन क्लाइन ९ बलमा २१ रनमा अविजित रहे ।

स्कटल्याण्डका लागि चाल्स कारसेल्स र जस्पर डेविडसन समान २ तथा ब्रेण्डन मकमुलन, मेकान्जि जोन्स र माइकल लिस्कले समान १ विकेट लिए ।

जित पछि ३ खेल खेलेको नेदरल्याण्ड्स ३ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्याण्ड्सले अन्तिम खेलमा बिहिबार नेपालको सामना गर्नेछ ।

पराजित स्कटल्याण्ड समान खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्याण्डले अन्तिम खेलमा शुक्रबार नेपालको सामना गर्नेछ । तिन टोली सहभागी सिरिज डबल राउण्ड रोबिन लिगको आधारमा जारी छ । र, लिगको शीर्ष स्थानमा रहने टोली विजयी हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.