6 months ago
June 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा रहेका नेपालका ६ क्रिकेटर कुनै टोलीमा पनि अनुबन्ध हुन सकेनन् ।
बिहीबार सम्पन्न १५औं संस्करणको बिबिएल ड्राफ्टमा सुचीकृत नेपालका ६ क्रिकेटरहरु नै कुनै टोलीमा समावेश हुन नसकेका हुन् । बिहीबार भएको ड्राफ्टबाट सहभागी ८ टोलीमा १५ खेलाडी अनुबन्ध भएकामा नेपालका ६ खेलाडी भने कुनै टिममा सामेल हुन सकेनन् ।
ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका थिए । नेपालबाट हालसम्म सन्दीपले मात्र बिबिएल खेल्ने अवसर पाएका छन् । सन्दीपले मेलबर्न स्टार र होर्बट हरिकेन्सबाट समान २ संस्करण खेलेका छन् ।
बिबिएलमा ४३ खेल खेल्दै सन्दीपको नाममा ४८ विकेट रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]